खुकुरी प्रहारबाट एक युवा गम्भिर घाइते

0
283

हुमाकान्त पोखरेल
गुल्मी, ३० असोज । गुल्मीमा खुकुरी प्रहारबाट एक युवा गम्भिर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा २ पिपलधाराका २५ बर्षिय निरञ्जन महत गम्भिर घाइते भएका हुन् ।

 

उनलाई धुर्कोट गाउँपालिका नम्बर ३ हाडहाडेका ३२ बर्षिय गोकर्ण खत्री र भाई २४ बर्षिय पदम खत्रीले खुकुरी प्रहार गरेका थिए । बुधबार मदाने गाउँपालिका ६ पुर्कोट दहको जनप्रिय युवा क्लवद्धारा आयोजित कार्यक्रमबाट फर्कने क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पकंज तिवारीले जानकारी दिए ।

ढाडमा चोट लागेका घाइते महतलाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

SHARE