पाल्पामा भीरबाट लडेर पुरुषको मृत्यु

0
445

सुशीला रेग्मी
पुस ५,२०७७ पाल्पा :पाल्पाको तिनाउँ गाउँपालिकामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । तिनाउँ गाउँपालिका वडा नं ६ मस्याम बस्ने ४४ वर्षीय गणेश बिष्टको लडेर मृत्यु भएको हो ।

घर नजिकैको भीरमा आईतवार बिहान ११ वजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।—

SHARE