पुस ५,२०७७ दाङ : टिकटक बनाउने क्रममा एकजना युवा झुलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका(१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा टिकटक बनाउने क्रममा पुलमा झुन्डिएका थिए। त्यही क्रममा पुलबाट खसेर उनी गम्भीर घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहका अनुसार गम्भीर घाइते थापाको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
थापालाई राप्ती प्रादेशिक अस्पताल तुसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको हो। शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका(५ स्थित पुरन्धारा छहरा नजिकको झुलुङ्गे पुलमा टिकटक बनाउने क्रममा लडेर उनी गम्भीर घाइते भएका थिए।