आर्थिक रुपमा परिवर्तन आउनु जरुरी : सांसद श्रेष्ठ

0
559

सूर्य सुनार

पुस ४,२०७७ गुल्मी : लुम्बिनी प्रदेशका विशेषअधिकार समिति सभापतिकमलराज श्रेष्ठले राजनीतिक परिर्वतन संगै आर्थिक समस्यामा परिर्वतन गर्नुपर्ने बताएका छन्।
उज्यालो बहुउद्येस्यीय सहकारी संस्थाको प्रथम साधारण सभामा उनले यस्तो बताउका हुन् । पुजीपतिहरुको पनि आफनो संगठन हुने हुँदा जनताको संगठन भनेको सहकारी भएको बताए ।
समाजमा वित्तिय संस्था धेरै भएको हुर्दा उनीहरुले उत्पादन क्षेत्रमा रकम खर्च नगर्नले धेरै मानिसहरु तथा संस्था भागभाग हुनुपरेको बताए।
सहकारीलाई ब्यापार बनाए : मेयर भुसाल
रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले सहकारी धेरैले खोलेर व्यापार बनाएको बताए । रेसुङ्गा नगरपालिका भित्र धेरै सहकारीको स्थापना भएको भन्दै सबैले सहकारीको मर्म अनुसार काम गर्नुपर्नेमा जोड दिए । उज्यालो बहुउद्येस्यीय सहकारी संस्थालाई आवाश्यक परेको खण्डमा सधै सहयोग गर्ने भुसालले बताए ।
आवश्यक सहयोग गछौ :बिष्ट

इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले सहकारीको प्रगतिको कामना संगै उज्यालो बहुउद्येस्यीय सहकारी संस्थालाई आवाश्यक सहयोग गर्ने बताए।
रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले सहकारी स्थापना गरेर मात्र नहुने भन्दै सबैलाई संगठनमा आवद्ध भएर काम गर्न आग्रह गरे ।
बहुउद्येस्यीय सहकारी संस्थाका अध्यक्ष श्रीराम महतले संस्थाको उद्येश्यबारे प्रकाश पारेका थिए ।
गुल्मी, अर्घाखाँची, पाल्पा र रुपन्देही गरी ४ जिल्ला कार्यक्षेत्र कायम गरी दर्ता भएको यो सहकारी संस्था युवाहरुको सक्रियताबाट स्थापना भई सञ्चालनमा आएको हो ।
कार्यक्रममा उत्कृष्ट उद्यमी कृषकलाई सम्मान गरिएको छ ।
उपाध्यक्ष भगवती श्रीसको स्वागत मन्त्यव रहेको कार्याक्रमको सञ्चालन सचिव घनश्याम खरेलले गरेका थिए ।

SHARE