रामपुुर आधारभुत विद्यालयमा रेशमराज स्मृत्ति अक्षयकोष स्थापना

0
547

सुशीला रेग्मी

रामपुर (पाल्पा), १ पुष

पाल्पाको रामपुर नगरपालिका वडा नं ५ मटेरी बस्ने सामाजिक व्यक्तित्व स्वर्गीय रेशमराज पोखरलको नाममा रामपुर आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । रेशमराज स्मृत्ति अक्षयकोष खडा गरी उहाँको परिवारले रु ५० हजार बराबरको अक्षयकोष स्थापना गरिदिएको छ ।

स्वर्गीय पोखरेलको वार्षिकी तीथिका अवसर पारेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमलाई चेक हस्तान्तरण गरिएको छ । विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएका स्वर्गीय रेशमराजको नाममा अक्षयकोष स्थापना गरी गरिव, जेहेन्दार, अनुशासित, विपन्न, असहाय परिवारका बालबालिकाको पठनपाठनमा सहयोग गर्ने छोरा दुर्गाप्रसाद पोखरेलले जानकारी दिए । रेशमराज स्मृत्ति अक्षयकोषको संरक्षकका रुपमा श्रीमतीहरु हरिमाया पोखरेल, विष्णुमाया पोखरेल र देवका पोखरेल रहेका छन । स्वर्गीय पोखरेलले आफ्नै लगानीमा रामपुर नगरपालिका वडा नं ५ स्थित मटेरीमा रेशमसभा समेत निर्माण गरिएको छ ।
सामाजिक तथा धार्मिक क्षेत्रमा स्वर्गीय पोखरेलको सहयोग र योगदान ठुलो रहेको रामपुर नगरपालिका वडा नं ५ का वडा सदस्य सावित्रा गौतमले बताइन ।

SHARE