बगनासकालीमा जिप दुर्घटना : ६ जना घाइते

0
252

पाल्पा : जिल्लाको राम्दीबाट सुनादी गाउँ जाँदै गरेको लु १ च ५४६५ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बगनासकाली गाउँपालिका–५, सुनादीस्थित भित्री सडकमा मंगलबार साँझ ५ बजेतिर जीप दुर्घटना हुँदा जीपमा सवार ६ जना घाइते भएका हुन् ।

ब्रेक फेल हुँदा जीप सडकदेखि ५०० मीटर तल खसेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा रिब्दीकोट गाउँपालिका–४, बस्ने २७ वर्षका विनोद तिवारी , बगनासकाली गाउँपालिका–५, का १८ वर्षका मनिस भट्टराई, सोही स्थानका १९ वर्षकी दुर्गा भट्टराई, २२ वर्षका भगवती भट्टराई, २३ वर्षकी मन्जु र २२ वर्षकी दुर्गा भट्टराई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए।

SHARE