प्रशासकीय अधिकृत पाण्डेको कार्यशैलीप्रति गाउँपालिका सन्तुष्ट

0
579
समीक्षा कार्यक्रमको तस्बिर : तिलाचन पाण्डे

मंसिर ३०,२०७७ गुल्मी :गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले प्रमुख प्रशासकीय अधिकृतले गरेका कार्यहरुमा सन्तुष्टि रहेको बताएका छन् ।
यस आर्थिक बर्षको प्रथम चौमासिक समीक्षा कार्यक्रममा थापाले प्रशासकीय अधिृत लक्ष्मण पाण्डेले गरेका कार्यहरु र ब्यबस्थापनको बारेमा खुलेरै प्रशंसा गरेका हुन् । उनले कार्यालयको ब्यबस्थापन , खर्चमा मितब्ययिता र सुशासन कायम गर्नमा खेलेको भूमिकाको बारेमा प्रशंसा गरेका हुन् ।
जनप्रतिनिधिहरुमा पनि परिपक्वता हुँदै र नियम कानूनका बारेमा पनि जानकार हुँदै गएकाले सहज हुँदै गएको उनले बताए ।
समीक्षा कार्यक्रममा पालिकाका शाखा प्रमुखहरुले प्रथम चौमासिकको समयमा भएका कार्यहरु र प्रगतिहरु प्रस्तुत गरेका थिए ।
समीक्षा कार्यक्रममा राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुले पनि पछिल्लो समयमा प्रशासकीय अधिकृत पाण्डेले गरेका कार्यहरुको बारेमा प्रशंसा गरेका छन् । कार्यक्रममा जनप्रतिनिधिहरु , गाउँपालिकाका कर्मचारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

SHARE