बडीगाड खोलामा बगेका युवा मृत फेला १ जना बेपत्ता

0
376

अनिल खत्री, गुल्मी असोज २९।
गुल्मीमा बडीगाड खोला तर्ने क्रमम क्रममा बगेर बेपत्ता भएका युवा मृत फेला परेका छन् । मंगलवार खोला तर्ने क्रममा बेपत्ता भएका २ जनामध्ये १ जना बुधवार दिउँसो मृत अबस्थामा फेला परेको हुन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षिय दिपक बिक चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवाको खोल किनामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । खोलाले बगाएर ५ वर्षिय गरिमा बिक अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

उनको खेजी कार्य भइरहेको प्रहरीले जनाएको छ । छल्दी र बडिगाड खोलाको दोभान भन्ने स्थानमा खोलामा खोला तर्ने क्रममा ३ जना बगेर बेपत्ता भएका थिए । बेपत्ता मध्ये ७ वर्षिय किसान बिकलाई स्थानी माछा मार्नेले देखेर उद्धार गरेका थिए । मृत फेला परेका युवाको शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल तम्घास ल्याइदैँ छ ।

SHARE