—सुशीला रेग्मी
रामपुर (पाल्पा), २९ मङ्सीर
राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसंग रामपुरमा पत्रकार भेटघाट कार्यक्रम भएको छ । आधारभुत माविको नयाँ बन्ने विद्यालय भवनको शिलन्यास कार्यक्रममा रामपुर आउनुभएका ज्ञवाली संग रामपुर नगरपालिकामा कार्यरत पत्रकार संग भुकम्प पछिका पुनः निर्माणका कामहरुका बारेमा पत्रकार भेटघाट भएको हो ।
उहाँले २०७२ सालको भुकम्पले क्षति पु¥याएको भौतिक संरचनाको कार्य प्रगतिबारे जानकारी दिए । ०७२ साल यता हालसम्म मुलुकमा क्षति पुगेका भौतिक संरचनामध्ये करिव ९२ प्रतिशत संरचना निर्माण कार्य सम्पन्न भएको बताए । भुकम्पका कारण देशमा करिव आठ लाख घरमा क्षति पुगेको र देशकै अन्य जिल्लामा भन्दा पाल्पामा सहज रुपमा पुनः निर्माणको काम भइरहेको बताए । घर बनाउनै नसक्नेका लागि के कारणले बनाउन सकेको छैन,त्यसको पहिचान गरेर बनाउन नसक्नेका लागि सहयोग गर्ने उनले दाबी गरे । भुकम्पले क्षति पुगेको साँस्कृतिक सम्पदालाई पुरानै शैलीमा पुनः निर्माण गर्ने काम भएको, भुकम्पको पिडाका बाबजुद पनि पुनः निर्माणको काम तीव्र गतिमा अगाडी बढेको बताए ।
२०७८ सालको पुष महिना भित्रमा पुनः निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनाका साथ काम भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । कार्यक्रममा भुकम्प पुनः निर्माण कार्यालय पाल्पाका प्रमुख लक्ष्मण देवकोटाले पाल्पा जिल्लामा क्षति भएका विद्यालय भवनको पुनः निर्माणको अवस्थाबारे जानकारी गराए । उनँले एक सय १४ वटा विद्यालय पुनः निर्माण सम्पन्न भएको र बाँकी ८६ वटा विद्यालय निर्माणाधिन रहेको बताए । पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले रामपुर क्षेत्रको भुकम्प पुनः निर्माणको अवस्थाबारे जानकारी गराउँदै सहभागी सबैलाई धन्यवाद दिए । कार्यक्रमको संचालन पत्रकार बन्दना पोखरेलले गरेकी हून ।