देश, धर्म र राजा बचाउन माग गर्दै रामपुरमा बृहत ¥याली

0
1080

सुशीला रेग्मी

रामपुर (पाल्पा), २८ मङ्सीर

पाल्पाको रामपुरमा देश, धर्म र राजा बचाऊँ अभियान कार्यक्रम अन्र्तगत बृहत ¥याली निकालिएको छ । रामपुर नगरपालिका वडा नं ५ बेझाड बजारमा रहेको शिवालय मन्दिरमा आईतवार बाला चर्तुदशी पर्वका अवसरमा शतबिज छरेर ¥याली निकालिएको छ ।

कालीगण्डकीवेशी नेपाली जनताको आयोजनामा निकालिएको ¥यालीमा शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत बाबाको सहभागीतामा कार्यक्रम भएको हो । बेझाड बजार शिवालय मन्दिरबाट मोटरसाइकल, कारमा निस्केको ¥याली किसानबारी बजार, डुम्रीगाउँ, बेझाड बजार, तालपोखरा, तिलकपुर, भम्बक, मटेरी ठुलोटार, खोप्टार, बाङ्गेपसल हुदै पुनः बेझाड बजार चोकमा पुगेर कोण सभा गरिएको छ ।

शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत बाबाले कालीगण्डकी, गौशाला, बरुणेश्वर, ओमकारेश्वर, रामचुलो राममन्दिर लगायतको धार्मिक तीर्थस्थलको अवलोकन समेत गर्नुभएको शिवसेना नेपाल रामपुरका अभियान्ता रामचन्द्र भट्टराईले जानकारी दिए ।

SHARE