सुशीला रेग्मी
मंसिर २७,२०७७ पाल्पा : अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको २२ औ वार्षिक साधारण सभा समापन कार्यक्रम सम्पन्न भएको छ ।
गत मङ्सीर १६ गते देखि सुरु भएको साधारण सभा समापन कार्यक्रम संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन ज्येष्ठ सदस्य मित्रलाल भट्टराईले गरेका थिए । अध्यक्ष देवकोटाले संस्थाको वार्षिक प्रतीवेदन प्रस्तुत गर्दै सदस्यको आवस्यकतालाई परिपुर्ति गर्न तथा संस्थाको गुणस्तर वृद्धि गर्न अन्य संस्थासंग गरिएको साझेदारी कार्यक्रमलाई निरन्तरता दिईएको र स्थानीय सरकारसंग समन्वय गरि यस आर्थिक वर्ष देखि युवा स्वरोजगार कार्यक्रम संचालन गरिएको बताए ।
उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष देवेन्द्रप्रसाद पोखरेलले आर्थिक प्रतीवेदन पढेर सुनाएका थिए । उनले गतवर्ष ८ हजार १ सय ८० जना सेयर सदस्य रहेकोमा यसवर्ष ८ हजार ५ सय ९७ जना सेयर सदस्य रहेको र गतवर्ष ८ करोड ४६ लाख ८० हजार ९ सय रहेकोमा यसवर्ष १८.७४५ ले वृद्धि भई १० करोड ५ लाख ५० हजार १ सय रहेको कोषाध्यक्ष पोखरेलले जानकारी दिए । लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद लम्सालले संस्थामा चुस्त दुरुस्त तरिकाले काम भएको बताउदै सहभागीबाट आएका सल्लाह र सुझावलाई मनन् गर्दै संस्थाको हितको लागि काम गरेको बताएका छन् ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु तिर्थप्रसाद पंगेनी, मोहनप्रसाद भट्टराई, सुकदेव पोखरेल, नेत्रप्रसाद भट्टराई, सेयर सदस्यहरु गिता जिसि, रामचन्द्र भण्डारी, बासुदेव ढकाल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रम संचालन सचिव ओमप्रकाश बस्यालले गरेका थिए । कार्यक्रमको अवसरमा अध्यक्ष देवकोटाले प्रमुख अतिथि मित्रलाल भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।