पाल्पामा आमाको गरगहना लुटपाट गर्ने भतिजा पक्राउ

0
493

मंसिर २६,२०७७ पाल्पा : जिल्ला प्रहरी कार्यालय पाल्पाले आमामाथि लुटपाट गर्ने भतिजालाई पक्राउ गरेको छ । बगनासकाली गाउँपालिका–९, चापपानी बस्ने वर्ष ९१ की भुमीसरा सनमानीलाई घरमा कोही नभएको मौका पारी लुटपाट गर्ने ४५ वर्षका भतिजा हेमबहादुर सनमानीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपी आमा भूमीसरालाई सलले घाँटीमा पासो लगाएर कानमा लगाएको गरगहना लुटपाट गरेर फरार रहेका हेमबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बेलुकी साढे ५ बजेको समयमा आमाले कानमा लगाएका दुई वटा सुनका मुन्द्रा चोरेर फरार रहेका हेमबहादुरलाई राति ७ बजे तानसेन–६, स्थित सिद्धार्थ राजमार्ग ओडारेबाट पैदल हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हेमबहादुरले लुटपाट गर्दा गम्भीर घाइते भएका आमा भूमीसराको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ ।

SHARE