
सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ मङ्सीर
आपतकालिन अवस्थामा हिंसा न्युनिकरणमा हाम्रो भुमिका विषयका छलफल तथा अन्र्तक्रिया कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको हो । कार्यक्रमको उद्घाटन नगर प्रमुख रमणबहादुर थापाले गर्दै जनचेतना र शिक्षाले लैङ्गीक हिंसा कम गर्न सकिने र हिंसा न्युनिकरणका लागि नगरपालिकाले वडा तहबाट विभिन्न कार्यक्रम संचालन गरिरहेको बताए । उनले सहभागीबाट आएका सुझावलाई समेटेर नगरपालिकाले लैङ्गीक हिंसा सम्बन्धी ऐन, नियम बनाउने बताए ।

कार्यक्रमका अध्यक्ष तथा नगर उपप्रमुख आचार्यले हिंसामा परेका व्यक्तिले घटना लुकाएर राख्दा देशमा पछिल्लो समय हिंसाका घटना बढ्दै गरेको बताइन्।
सम्बन्धित निकायमा हिंसा पीडितले गुहार्न पनि नसकिरहेको अवस्था रहेको बताउँदै उपप्रमुख आचार्यले कोही व्यक्ति हिंसामा परेको छ भने न्यायिक समितिमा ढुक्कका आफ्ना समस्या राख्न अनुरोध गर्दै गोपनियता भङ्ग नहुने गरी समस्याको समाधानको उपाय न्यायिक समितिले निस्पक्ष रुपमा गर्ने बताइन् ।
महिला विकास सहायक निरिक्षक सिर्जना रेग्मीको स्वागतबाट सुरु भएको कार्यक्रममा निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेयले लैङ्गीक हिंसा र नगर स्वास्थ्य अधिकृत तीर्थप्रसाद ढुंगानाले स्वास्थ्य सम्बन्धी कार्यपत्र पढेर सुनाए ।
नगरपालिकाका सल्लाहकार देवराज ढकालले कार्यक्रम सफलताको शुभकामना दिनुभएको कार्यक्रममा लैङ्गीक हिंसा न्युनिकरण गर्न के गर्न सकिन्छ भन्ने विषयमा विभिन्न क्षेत्रबाट गर्न सकिने प्रतिबद्धता सहित सुझाव सङ्कलन गरिएको छ ।
वडा अध्यक्षको तर्फबाट हुमनाथ न्यौपाने, कार्यपालिकाको तर्फबाट दुर्गादेवी भण्डारी गौतम, वडा सदस्यको तर्फबाट माया नेपाली, मिठ्ठु सुनार, संघ संस्थाको तर्फबाट ईश्वरी देवी खनाल, घनश्याम कंडेल, राजनैतिक दलको तर्फबाट नेकपा नगर कमिटि सचिव दामोदर पाठक, नेपाल महिला संघ नगर सभापति शारदा आचार्य, पत्रकारको तर्फबाट बन्दना पोखरेल, युवाको तर्फबाट पुरुषोत्तम केसी, मेलमिलापकर्ताको तर्फबाट सन्जु परियार, कर्मचारीको तर्फबाट हृदयेश त्रिपाठी लगायतले लैङ्गीक हिंसा न्युनिकरण गर्न आफ्ना सुझाव पेश गरेका थिए ।
कार्यक्रमको संचालन महिला विकास सहायक निरिक्षक पुजा परियारले गरेकी थिइने । कार्यक्रममा सहभागीले लैङ्गीक हिंसा नगर्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरिएको छ ।
लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान रामपुर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाले नगरका विभिन्न वडामा पुगेर सचेतना कार्यक्रम समेत गरेको छ ।








