दशैंपछि कार्यालय खुलेसँगै गुल्मीमा नागरिता लिनेहरुको चाप

0
473

अनिल खत्री, गुल्मी असोज २८।
दशैंको बेला बन्द रहेका कार्यालयहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्रहीको चाप सुरु भएको छ । कार्यालयमा खुलेसँगै मंगलवार जिल्ला प्रशासन कार्यालय गुल्मीम बिभिन्न सेवा लिनेहरुको चाप बढेको हो ।
दशैं सकिएपछि र तिहार आउन बाकी रहेको सयमा जिल्ला प्रशासन कार्यालयमा भिडभाड बढने गर्दछ । दशैमा पाँच दिनसम्म मात्रै सरकारी कार्यालय बन्द रहेका थिए । दशैंको सप्तमीबाट बन्द रहेका कार्यालयहरु दशैं पछि असोज २३ गतेदेखि खुलेका थिए । बिचमा २ दिन बिदा भएसँगै दशैंको पूर्णिमासम्म दशैंको रौनक नसकिएकाले सेवाग्रहीहरु कार्यालयमा आएका थिएनन्।
दशैं सकिए लगत्तै सोमबारबाट प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको चाप बढेको छ । अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बढने गर्दछ। चाडपर्वको बेला धेरैको बिदा भएकाले यो समयमा नागरिता लिनेहरुको भिडभाड बढने गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिता, राहदानी (एमआरपी) लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सेवाग्रहीको चापलाई व्यवस्थित बनाउन नागरिक सहायता कक्ष पनि प्रशासनमा राखिएको छ। सेवाग्रहीको चापलाई व्यस्थित बनाउन र छिटो छरितो सेवा प्रवाह गर्ने उदेश्यले व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिता २० जनाले प्रतिलिपी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रकासकीय अधिकृत उद्धब पन्थीले बताए । दशैं पछि कार्यालय खुलेपछि पहिलो दिन ७५ जनाले नयाँ नागरिता ३५ जनाले नागरिताको प्रतिलिपी लिन सेवाग्रही आएको पन्थीले बताए ।

मंगलवार १ सय भन्दा वढिले नागरिता बनाउने पन्थीको भनाई छ । नागरिता लिनेहरुसँगै राहदानी (एमआरपी) बनाउनेहरुको संख्यामा पनि बृद्धि भएको छ। सामान्य समयमा २५ जनाले राहदानी (एमआरपी) लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । दशैंपछि भने सोमबार मात्रै ५९ जनाले राहदानी (एमआरपी)को लागि फारम पेस गरेको जिल्ला प्रशासन कार्यालल गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।काठमाडौंबाट राहदानी बनाउनको ४६ जनाले सिफारिस लगेको पशासकीय अधिकृत पाण्डेको भनाई छ ।

राहदानी (एमआरपी) बनाउनेहरुले एकै दिनमा २ लाख ८० हजार राजस्व जम्मा भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । अन्य समयमा भन्दा दशैं तिहारको बिचमा प्रशासनमा सबै सेवा लिनेहरुको संख्यमा बृद्धि भएको पाण्डेयले बताए ।

SHARE