पाल्पामा थप एकजना संक्रमितको मृत्यु

0
251

मंसिर २४,२०७७ पाल्पा : पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत बगनासकाली –३ का ७० वर्षीय पुरुषको बुधबार बिहान ९ः४५ बजे मृत्यु भएको हो । पुरुष मंसिर २२ गते कोरोना पुष्टि भएपछि २३ गते अस्पताल भर्ना हुनुभएको थियो । अस्पताल भर्ना भएको भोलिपल्टै पुरुषको मृत्यु भएको हो ।

पुरुषमा पहिल्यैदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या २५ पुगेको छ ।

SHARE