शिशुलाई जन्म दिएर झ्याङ्मा फाल्ने आमा पक्राउ

0
341

मंसिर २३,२०७७ पाल्पा : शिशुलाई जन्म दिएर बगनासकाली १ खोरवारीको खोल्सामा फाल्ने युवतीलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने युवती तानसेन–१४, बस्ने २४ वर्षकी हुमाकुमारी दर्जी रहेको प्रहरीले जनाएको छ । गर्भवती ती महिलाले शिशु छोरालाई जन्म दिएर बगनासकाली–१, खोरबारी हेल्थपोष्ट नजिकै फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

SHARE