पाल्पाका स्थानीय तहसंग ज्ञानकेन्द्रको प्रगति ,समिक्षा गोष्ठी

0
418

सुशीला रेग्मी

मंसिर २२,२०७७ पाल्पा :स्थानीय तहसंग योजना तर्जुमा तथा प्रगति समिक्षा गोष्ठी पाल्पामा भएको छ ।
कृषि ज्ञानकेन्द्र पाल्पाको आयोजनामा जिल्लाका स्थानीय तहका प्रमुख, अध्यक्ष तथा उपप्रमुख, उपाध्यक्ष संग छलफल तथा अन्र्तक्रिया भएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अर्यालले यस आर्थिक वर्षमा ५० हेक्टर क्षेत्रफलमा अभियानमुखी कागती र सुन्तला मिसन, २५ हेक्टरमा आलु मिसन, ५० हेक्टर क्षेत्रफलमा मकै मिसन, राजमार्ग आसपासको क्षेत्रमा व्यवसायिक तरकारी प्रवद्र्धन कार्यक्रम, प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम प्रयाप्त, कृषि ऋणमा व्याजको अनुदान दिने सुलभ कर्जा कार्यक्रम रहेको जानकारी दिए ।
कार्यक्रमको संचालन ज्ञानकेन्द्रका तथ्यांक शाखाका कर्मचारी जेदुराम घिमिरेले गरेका थिए । कार्यक्रममा सहभागी जनप्रतिनिधिले आ आफ्नो स्थानीय तहमा भए गरेका कृषि कार्यक्रमबारे जानकारी दिए । जिल्लाका स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमलाई जोड दिएको छ ।

त्यसैगरी कृषि ज्ञानकेन्द्र पाल्पाले स्थानीय तहका कृषि प्राबिधिकसंग कार्यक्रमको योजना तर्जुमा, कार्यान्वयन, स्थानीय सरकार र प्रदेश सरकारका बारेमा जानकारी आदानप्रदान, आवश्यक सहयोग र समन्वय तथा छलफल सम्बन्धी अन्र्तक्रिया गरेको छ । कार्यक्रम कृषि ज्ञानकेन्द्र पाल्पाको सभाहलमा भएको हो ।

SHARE