रामपुरमा १७ औ स्वयमसेविका दिवस मनाइयो

0
1054

सुशीला रेग्मी

मंसिर २०,२०७७ पाल्पा :पाल्पाको रामपुर नगरपालिकामा १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाइएको छ ।
‘कोभिड १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको भुमिका अपरिहार्य’ भन्ने नाराका साथ अन्र्तक्रिया गरेर रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दिवस मनाइएको हो ।

नगर स्वास्थ्य संयोजक गिरिराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य थिइन् । उपप्रमुख आचार्यले स्वास्थ्य क्षेत्रमा स्वयमसेविकाको योगदान महत्वपूर्ण रहेको बताउदै उपप्रमुख कोषबाट स्वयमसेविकाको लागि एक लाख वजेट उपलब्ध गराउने घोषणा गरिन ।
कार्यक्रममा सहभागी स्वयमसेविकाले महंगी बढ्दै गरेको अवस्थामा स्वयमसेविकालाई सामान्य यातायात र टेलिफोन खर्च नगरपालिकाले उपलब्ध गराउन माग गरेका छन् । स्वयमसेविकाले उठाएको समस्याबारे नगर स्वास्थ्य संयोजक घिमिरेले सहजिकरण गर्दै समस्या समाधानमा आफुले नगरपालिकामा कुरा राख्ने बताइन् ।
नगरपालिकाका नर्सिङ निरीक्षक कमला श्रेष्ठले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको कार्यक्रमको संचालन बेस नेपाल सु आहारा कार्यक्रमका पालिका स्तरिय पोषण सहजकर्ता सन्जु परियारले गरेकी हुन् ।

SHARE