घरेलु कार्यालय पाल्पाद्धारा रामपुरमा बजार अनुगमन

0
490

सुशीला रेग्मी

मंसिर २०,२०७७ पाल्पा : जिल्लाको रामपुर नगरपालिकाको मुख्य बजार बेझाड बजारका विभिन्न पसल, व्यवसायको अनुगमन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको समन्वयमा बजार अनुगमन भएको हो ।

नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा भएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देवीराम भण्डारी, उद्यम विकास सहजकर्ता मनोज घिमिरे, रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेय, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्ल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, कार्यपालिका सदस्य सावित्रा गौतम, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।

बेझाड बजारका कस्मेटिक्स, व्युटिपार्लर, खाद्यान्न तथा किराना, मासु पसल, डेरी पसल, फेन्सी पसल लगायतको अनुगमन भएको छ । अनुगमन गरिएका पसल, व्यवसायमा म्याद गुजे्रका सामान, सामानको लेबल नभएको, कतिपय पसलमा मुल्य सूची अद्यावधिक नभएको पाइएको छ । अनुगमन टोलीले जफत गरेको सामान नगरपालिका परिषरमा नष्ट गरिएको छ ।

SHARE