रामपुरमा बालबालिकालाई लैगिंक हिंसा तथा यौन दुव्र्यवहार कार्यक्रम

0
715

सुशीला रेग्मी

मंसिर २०,२०७७ पाल्पा : विद्यालयका बालबालिकाहरु संग लैगिंक हिंसा तथा यौन दुव्र्यवहार सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम रामपुर नगरपालिका वडा नं २ स्थित कृष्णादेवी मावि भलायटारमा भएको छ ।

महिला बालबालिका तथा समाज कल्याण शाखा रामपुर नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । वडा अध्यक्ष ताराबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्दै हिंसालाई भित्रभित्रै दबाएर राख्नु नै अपराध भएकाले आफु हिंसामा परेमा सम्बन्धित निकायमा कुरा राख्न सबैलाई अनुरोध गरिन् ।
कार्यक्रममा नगर शिक्षा अधिकृत बिकल काफ्लेले बालविवाह, महिला बालबालिका तथा समाज कल्याण शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले महिला तथा बालबालिका माथि हुने लैंगिक हिंसा तथा यौन दुव्र्यवहार र सिर्जना रेग्मीले कानुनी व्यवस्था सम्बन्धी सहभागीलाई सहजिकरण गर्दै जानकारी गराए ।

कार्यक्रममा सहभागीलाई १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको सेतो रिबन प्रदान गरिएको छ । महिला बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख प्रतिमा मल्लले संचालन गर्नुभएको कार्यक्रममा सहभागीलाई स्वागत सहायक महिला विकास निरीक्षक सिर्जनाले रेग्मीले गरिन् ।
कार्यक्रममा कृष्णादेवी माविमा कक्षा ८, ९ र १० मा अध्ययनरत तथा बालक्लबका बालबालिकाको सहभागीता रहेको थियो ।

SHARE