ट्रकको ठक्करबाट रुपन्देहीमा एकको मृत्यु

0
447

मंसिर १७,२०७७ रुपन्देही : बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना७ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्याह्न ठक्कर दिँदा बुटवल–८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

SHARE