रामपुर साकोसको १३ औँ वार्षिक साधारण सभा सुरु

0
671

सुशीला रेग्मी

मंसिर १७,२०७७ रामपुर : रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको १३ औ वार्षिक साधारण सभाको शुभारम्भ कार्यक्रमको उद्घाटन गरिएको छ ।

संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संचालक समितिका पदाधिकारी, उपसमिति, लेखा समिति, कर्मचारीको सहभागीतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन संस्थाका जेष्ठ सदस्य मायादेवी भण्डारीले गरिन् । जेष्ठसदस्य भण्डारीलाई संस्थाका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष नगिलाल पौडेलले दोसल्लाह ओढाएर सम्मान गरे ।
कार्यक्रमको संचालन सचिव लेखनाथ शर्मा मरासिनीले गरेका थिए। कार्यक्रममा सहभागीलाई संस्थाका उपाध्यक्ष पौडेलले स्वागत गरे । संस्थाका व्यवस्थापक रामचन्द्र अधिकारीले आगामी मङ्सिर २६ गते सम्म चल्ने साधारण सभाको सन्दर्भमा जानकारी दिएका थिए।
कोभिड १९ को जोखिम परिस्थितिलाई मध्यनजर गर्दै टेलिफोनमार्फत सेयर सदस्यको सल्लाह सुझाव लिने कार्यक्रम रहेको छ । मंगलवार देखि सुरु भएको साधारण सभाको बुधवार औपचारिक रुपमा उद्घाटन गरिएको हो । मङ्सीर २६ गते समीक्षा सहित साधारण सभाको समापन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

SHARE