मनोज कार्की
मंसिर १६,२०७७ गुल्मी :
गुल्मीका कृषक एक एग्रिकल्चर कम्पनी द्धारा ठगिएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका कृषकलाई केराखेतीबाट मनग्य आम्दानी हुने भन्दै जय बागेश्वरी एग्रिकल्चर प्रा.लि नेपालगन्जले ठगेको पाइएको हो ।
माटो परिक्षणबिना नै गाउँ गाउँमा पसेर गत बर्ष भाद्र १ गाउँका कृषकहरुलाई बिरुवा बितरण गरेको थियो। समुन्द्री सतह देखि १५ सय मिटर माथि केरा खेती राम्रो हुने र १२ देखि १५ महिनामा केराले राम्रो आम्दानी हुने प्रलोवन देखाएर बिरुवा बिक्रि गरेको स्थानीयले बताएका छन् ।
१६ महिना बित्दा समेत दिएन केराले उत्पादन दिएन
कृषकल लगाएकोे केरा खेती १६ महिना बितिसक्दा आन्दानी त परैको कुरा हो रोपेको केरा पसाउने , दाना लाउने छाटकाँट नै देखिएको छैन । केराबाट मनग्य आम्दानी गर्ने सपना बोकेका गुल्मी भाडगाउँका कृषकको सपना सपना मै सिमित भएको कृषक होम बहादुर कुवँरले बताए । आफ्नै कम्पनीले नेपालगन्जबाट बिरुवा उत्पादन गर्ने, प्राबिधिक सहयोग गर्ने , गाउँमै बिरुवा उपलब्ध गराउने लगाएतका आसवाशन दिएको थियो ।
कृषकले केराखेतीको विषयमा बुझ्न खोज्दा फोन समेत उठाउँदैनन् उठाए पनी श्रमतीले को हो हजुर ? किन फोन गरेको ? म त चिन्दिन ? भन्ने महिलाको जवाफ आउँछ । कम्पिनीले पुष महिनामा जेटिए कर्मचारी केरा खेतीको पिmल्डमा पठाएको थियो । बिस्तारै उत्पादन नभएपछि कम्पनी नै सम्पर्क विहीन भएको वडा सदस्य निर्मला कुवँरले जानकारी दिइन् ।
सदस्य निर्मला कुवँरले २ रोपनीमा १ सय ५० बिरुवा र ज्ञान बहादुर कुवँरले ३रोपनी जग्गामा २ सय ४० बिरुवा रोपेका थिए । प्रति बिरुवा १ सय ७० का दरले खरिद गरेका थिए । जय बागेश्वरी एग्रिकल्चर प्रा.लि नेपालगन्ज लाई फोन गरि खबरपात्रोले बुझ्न खोज्दा कर्मचारीले प्रमुखको नम्बरको दिएर तर्किन खोजेको पाईएको छ ।
वडा कार्यलय सगँ कुनै समन्वय नगरी कृषक सगँ कम्पनी पुगेर बिरुवा बितरण गरेको रेसुङ्गा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थम्मन बहादुर केसीले बताए । तत्काल कम्पनीलाई सम्र्पकमा ल्याई आबश्यक कार्वाहि गर्ने वडा अध्यक्ष केसीले बताए ।