रामपुरको अन्धकारमुक्ति साकोसको २२ औँ वार्षिक साधारण सभा सुरु

0
558

सुशीला रेग्मी

मंसिर १६,२०७७ पाल्पा :अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले २२ औँ वार्षिक साधारण सभा कार्यक्रम मंगलवार देखि सुरु गरेको छ ।

संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना संस्थाका ज्येष्ठ सदस्य मित्रलाल भट्टराईले उद्घाटन गर्दै साधारण सभाको शुभकामना दिए।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु कमलराज भट्टराई, नेत्रप्रसाद भट्टराई र तीर्थप्रसाद पंगेनी लगायतले वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै संस्था नीति र बिधिबाट चल्नुपर्नेमा जोड दिए।
संस्थाका व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले कोभिड १९ का कारण संस्थाको बित्तिय क्षेत्रलाई प्रभावित पारेको बताउँदै गत आर्थिक वर्षमा सहकारीले तीन करोड बराबरको नाफा गर्न सफल भएको जानकारी दिए ।
कार्यक्रमको संचालन संस्थाका सचिव ओमप्रकाश बस्यालले गरेका थिए । मंगलवारबाट सुरु भएको साधारण सभा आउदो मङ्सीर २७ गते सम्म सकिनेछ । संस्थाले यसवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम परिस्थितीलाई मध्यनजर गर्दै टोल टोलमा कर्मचारी पदाधिकारी परिचालन गरी सदस्यको सल्लाह सुझाव लिएर वार्षिक साधारण सभा मनाउने गरी कार्यक्रम सुरु गरेको छ ।

SHARE