रामपुरमा नवज्योती सहकारीको साधारण सभा सम्पन्न

0
481

सुशीला रेग्मी

मंसिर १४,२०७७ पाल्पा : नवज्योती वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर नगरपालिका वडा नं ८ पाल्पाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष योगराज अर्यालको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि वडा अध्यक्ष बोमबहादुर नामजाली रहेका थिए । प्रमुख अतिथि वडा अध्यक्ष नामजालीले कार्यक्रमको उद्घाटन गर्दै सहकारी गाउँ गाउँमा खुलेसंगै ग्रामीण भेगका नागरिकलाई आर्थिक कारोबार गर्न सजिलो परेको बताए ।
संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष अर्यालले नै पेश गरेको साधारण सभामा स्वागत उपाध्यक्ष केशवराज अधिकारीले गरेका थिए । कार्यक्रममा गुरु नारायण न्यौपाने, एकराज अर्याल, चन्द्रबहादुर राना, नारदप्रसाद अर्याल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा सहभागीलाई धन्यवाद सचिव भुवन अर्यालले ज्ञापन गर्नुभएको थियो भने संचालन राजेन्द्रप्रसाद अर्यालले गरेका थिए ।

SHARE