मंसिर १४,२०७७
दाङ : दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१३ निवासी ६६ वर्षीय पुरुषको शनिबार बिहान १०स्४५ बजे कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए।
उनको कात्तिक ३० गते स्वाब पिसिआर परीक्षण गराउँदा कोरोना सक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएका र स्वास्थ्यमा थप समस्या देखिएपछि मंसिर ६ गते उपचारका लागि अस्पतालमा आएका वलीले जानकारी दिए।