कुलोमा डुबेर साढे दुई वर्षीय बालकको मृत्यु

0
482

सुशीला रेग्मी

मंसिर ११,२०७७ पाल्पा :कुलोमा डुबेर रामपुर नगरपालिका ३ रजघरामा साढे दुई वर्षीय बालकको मृत्यु भएको छ । बिहीवार साँझ घर नजिकैको कुलोको पानीमा डुबेको अवस्थामा दामोदर देवकोटाको साढे दुई वर्षीय छोरा बोधराज देवकोटाको मृत्यु भएको हो ।

उपचारको लागि रामपुर अस्पताल लगिएपनि अस्पतालले पु¥याउने बित्तिकै मृत घोषणा गरेको ईलका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरीक्षक जंगबहादुर श्रेष्ठले जानकारी दिए । घरको आँगनमा खेल्दै गरेका बालकको साँझपख कुलोमा पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

SHARE