रामपुरमा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान सुरु

0
583

सुशीला रेग्मी

मंसिर १०,२०७७ पाल्पा :लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान रामपुर नगरपालिकामा सुरु भएको छ । लैंङ्गिक हिंसाबिरुद्धको अभियानको बुधवार नगरपालिका कार्यालयमा सेतो रिबन लगाएर सुरु गरिएको छ । नगर उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यको अध्यक्षतामा भएको अभियान कार्यक्रमको शुभारम्भ नगर प्रमुख रमणबहादुर थापाले गरे ।
अभियानको शुभारम्भ गर्दै नगर प्रमुख थापाले हिंसा महिला र पुरुष दुबैमा हुने गरेकाले हिंसा सहेर बस्नु नै गलत रहेको बताउदै यसको न्युनिकरणमा सबै क्षेत्र लाग्नुपर्ने मा जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले लैङ्गिक हिंसा अभियान कार्यक्रम नारामा मात्र सिमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताए। नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयमा लैङ्गिक हिंसाबिरुद्धको अभियानको सेतो रिबन वितरण गरिएको महिला तथा बालबालिका कार्यालय प्रमुख प्रतीमा मल्लले जानकारी दिइन् ।

साथै नगरपालिकाले लैङ्गिक हिंसाबिरुद्धको अभियान कार्यक्रम सफल बनाउनका लागि समिति गठन गरेको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा बैठक बसि समिति गठन गरिएको हो । समितिको संयोजकमा उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, सदस्यमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालयका प्रमुख, नगर स्वास्थ्य शाखा प्रमुख तीर्थप्रसाद ढुंगाना, कार्यपालिका सदस्य सावित्रा गौतम, सुशीला रेग्मी, सीता डोटेल, पवित्रा ढकाललाई चयन गरिएको छ । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी रहने जनाइएको छ ।

साथै समितिको पहिलो बैठक पनि बुधवार नै बसेको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा बैठक बसी लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान कार्यक्रम संचालनका सन्दर्भमा छलफल भएको छ । कार्यक्रमको सहजिकरण महिला तथा बालबालिका शाखाका प्रतिमा मल्ल, पुजा परियार, सिर्जना रेग्मीले गरे ।

साथै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सन्दर्भमा रामपुर नगरपालिकामा छलफल भएको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा छलफल भएको हो । यसैगरी पार्किङ्गलाई व्यवस्थापन गर्नका लागि छलफल भएको छ । रामपुर बेझाड बजारमा सवारी साधनको चाप बढ्दै जानु र अव्यवस्थित पार्किङ्गले दुर्घटनाको जोखिम बढेकाले व्यवस्थापनका लागि नगरपालिकाले नमस्ते रामपुर यातायात प्राली संग छलफल गरेको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिए ।

SHARE