
बासुदेव पोखरेल
मंसिर १०,२०७७ गुल्मी : सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २ रकम एक कार्यक्रमका विच पिपलधारामा रहेका ५ वटा मुल समुह का २८ जना समुह सदस्य लाई खोर सुधार को रकम रू २ लाख ५५ हजार रूपैया हस्तान्तरण सभ्पन्न भएको छ ।
खोरको रकम अनुदान प्रदान गर्नुहुदै प्रमुख अतिथि धुर्कोट गाउँपालिकावडा नं २ वडा अध्यक्ष नविन जि सी ले सबै समुह सदस्य हरूले सुधारिएको खोर निर्माण गरेको र बाख्रा पाल्ने कुरा लाई व्यवस्थित तरिकाले बाख्रा पाल्न खोजेको र हरेक कुरामा समुह सदस्यहरूले सकरात्मक काम गर्दै गरेको देख्दा आफु खुशी भएको जानकारी गराए। थप कुरा बोल्दै हामीले ४ वटा सम्म बाख्रा पाल्ने सदस्यलाई ५ हजार र ५ वटा भन्दा बढि बाख्रा पाल्ने सदस्यलाई १० हजारको दरले अनुदान हस्तान्तरण गर्ने कार्यक्रम रहेको हुदा सबै सदस्यलाई छिटो खोर निर्माण गरेर हामी अनुदान दिन आतुर रहेका छौ उनले भने।
उनले समुह सदस्यले आम्दानी गर्नको लागी खोर सुधार गरेर बाख्रा सङ्ख्या घटाउने हैन बढाउनु पर्छ भन्ने कुरामा जोड दिए ।
रकम अनुदान हस्तान्तरण पिपलधारा सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष हरिकला खड्काको अध्यक्षता वडा अध्यक्ष नविन जि सी को प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य मिलन महिला उद्यम समुह सदस्य सरस्वती सुनार , प्राविधिक संयोजक नारायण जि सी र सामुदायिक सहजकर्ता मायाँ थापा को आतिथ्यता रहेको कार्यक्रमको संचालन सहयोगी महिला उद्यम समुहकि अध्यक्ष सुमित्रा खनाल गरेकी हुन ।









