पाल्पामा ट्याक्टर दुर्घटना,१९ बर्षका युवाको मृत्यु

0
252

सुशीला रेग्मी

मंसिर १०,२०७७ पाल्पा :पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ चहलासिमल स्थित भित्री कच्ची सडकमा ट्याक्टर पल्टिदा एकको मृत्यु भएको छ । रैनादेवी छहरा ६ बस्ने १९ वर्षीय रमन भट्टराईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दमारबाट माझिटोलतर्फ पराल लिएर आउदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर मंगलवार साँझ करिव ६ : १० मा अनियन्त्रित भई सडक देखी अन्दाजी दश मिटर तल खस्न जादा सहचालक भट्टराईको मृत्यु भएको हो ।

रैनादेवी छहरा ६ चहला बस्ने बर्ष १६ वर्षीय रक्षा के.सी., १५ वर्षीय सबिक्षा केसी र १४ वर्षीय विकास रायमाझी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE