मंसिर ९,२०७७ गुल्मी : गुल्मीमा नदीजन्य पदार्थहरु उत्खनन गर्नमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै नदीहरु तथा खोलाहरुबाट ढुंगा ,गिटी , बालुवा उत्खनन् तथा संकलनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
गृह मन्त्रालयको कात्तिक २८ गतेको परिपत्र अनुसार नदीजन्य पदार्थ उत्खनन तथा संकलनमा जिल्लाभर रोक लगाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै जिल्लामा संचालनमा रहेका क्रसर उद्योगहरु मापदण्ड अनुसार संचालनमा रहे नरहेको पनि अनुगमन गरिरहेको प्रशासनले जनाएको छ । प्रशासनको निर्देशनलाई यदि कसैले अटेर गरे कानुन अनुसारको कारवाही गर्ने प्रशासनले जनाएको छ