रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मुत्यु

0
53

मंसिर ८,२०७७ रुपन्न्देही : रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा रूपन्देही तिलोत्तमा नगरपालिका–१५ का २७ वर्षीय विकास चौधरी र २० वर्षीय हरि गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्क प्रसाद खत्रीले जानकारी दिए।

घाइते उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवलबाट भैरहवा जाँदै गरेको लु२४प ७५०६ नम्बरको मोटरसाइकल भलवारी नजिकै पुग्दा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

SHARE