पाल्पा रामपुरमा युवक मृत फेला

0
352

सुशीला रेग्मी

रामपुर (पाल्पा), ८ मङ्सीर : रामपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । रामपुर नगरपालिका वडा नं ७ स्थित बट्टार सडकमा करिव २१ वर्षीय जीवन राना मृत फेला परेका हुन् ।

लु ५० प ६०२१ नम्बरको स्कुटर सहित सडक किनारमा रानाको शव भेटिएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । मृतक सोही वडाको किसानवारी निवासी हुन् ।

घटनाबारे प्रहरीले गएराती करिव साढे १ वजे जानकारी पाएको हो । घटनाका सम्बन्धमा अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले अनुसन्धान गरिरहेको छ । –––

SHARE