पाल्पाको निस्दीमा विद्यालय संचालन

0
341

सुशीला रेग्मी

मंसिर ७,२०७७ पाल्पा : पाल्पाको निस्दी गाउँपालिकामा आईतवार देखि विद्यालय संचालन गरिएको छ । कोरोनाको कारण शैक्षिक सत्रको सुरुवात देखि नै स्थगित भएको विद्यालय जोखिम कम भएसंगै सुरु भएको छ ।

सरकारले सम्बन्धित स्थानीय तहले स्वास्थ्य मापदण्ड पालना गरी जोखिम कम भएका विद्यालयलाई सजगता अपनाएर विद्यालय संचालन गर्न आदेश दिएसंगै यहाँ पठनपाठन सुरु गरिएको हो ।

सबै विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय संचालन गर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । लामो समय देखि विद्यालय बन्द भई घरमै बस्न बाध्य विद्यार्थीहरु विद्यालय जान पाइने भएपछि उत्साहित देखिएका छन् ।

कोरोनाका कारण विद्यालय बन्द हुदा प्रबिधिको पहुँच नहुदा ग्रामीण भेगमा पठनपाठन ठप्प बनेको छ । जिल्लाका शहरउन्मुख क्षेत्रका विद्यालयले भने ईमेल ईन्टरनेटको प्रबिधिबाट शिक्षण कार्य गरिरहेका छन् । यहाँका अन्य स्थानीय तहले पनि जोखिमलाई मध्यनजर राख्दै विद्यालय संचालन गर्ने तयारीमा छन् ।

SHARE