
मंसिर ५,२०७७
रुपन्देही :तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ। कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन्।
संघीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गङ्गाराम आचार्यले जानकारी दिए।








