मंसिर ३,२०७७ अर्घाखाँची : कोनाका कारण अर्घाखाँचीमा थप एकजनाको ज्यान गएको छ। जिल्लाको शितगंगा नगरपालिका वडा नं २ सिख्र घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनरोडमा इलेक्ट्रिक पसल गर्दै आएका ३६ वर्षीय प्रेमबहादुर भाटक्षेत्रीको उपचारको क्रममा बुधबार ज्यान गएको हो।
कात्तिक २४ गते स्वाव संकलन गरि पिसिआर जाँच गर्दा २५ गते कोरोना संक्रमण पुष्टि भएका भाटक्षेत्रीको उपचारका क्रममा बुधबार बिहान करिब ११ बजे मृत्यु भएको भैरहवा मेडिकल कलेजका कोरोना पर्सन डाक्टर सुशील गुरूङले जानकारी दिए।