पाल्पामा टिपर दुर्घटनामा चालकको मृत्यु

0
376

सुशीला रेमी

रामपुर (पाल्पा), २ मङ्सीर : पाल्पाको निस्दी गाउँपालिका ७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जादै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका १३ का अन्दाजी ४० वर्षिय पुर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिए ।

सामानसहितको टिपर दिउँसो साढे ३ बजे सडकबाट करिव दश मिटर तल खसेको थियोे । घटनाको बारेमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

SHARE