रिब्दीकोटका दुई घरमा आगलागी

0
359
सांकेतिक तस्बिर

मंसिर १,२०७७ पाल्पा :पाल्पाको रिब्दीकोट गाउँपालिका –४ तल्लापिपलस्थित दुई घरमा आगलागी भएको छ ।

स्थानीय लक्ष्मी थापाको दुई तले पक्की घर र नजिकै रहेको तिन तले कच्ची घरमा सोमबार बिहान २ः ३० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आगलागी हुँदा घरमा क्षति भएको छ । पक्की घरमा स्थानीय बसन्त बहादुर थापाले भाडामा लिएको किराना पसलमा समेत आगलागी भएको छ । आगलागीमा पसलमा मात्र ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय र प्रहरीद्धारा बिहान ५ बजेको समयमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई आगोलागी भएको हुनसक्ने पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । क्षति भएका घरहरुको बास्तविक मूल्य खुल्न बाँकी छ । आगलागीबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

SHARE