
कात्तिक २९,२०७७ पाल्पाः जिल्लाको रैनादेवी छहरा गाउँपालिका –४ गौलौसास्थित एक घरमा आगलागी भएको छ । स्थानीय पूर्ण बहादुर रानाको ३ तले कच्च्चि घरमा शुक्रबार राति ९ बजेको समयमा अचानक विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा घरभित्र रहेको नगद, गरगहना, लत्ता कपडा, अन्न पात, भाडा बर्तन गरी ९ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । आगलागीमा मानविय क्षति भएको छैन् ।
आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









