चाडपर्वलाई लक्षित गर्दै रामपुरमा बजार अनुगमन

0
824

सुशीला रेग्मी

रामपुर (पाल्पा), २८कात्तिक

पाल्पाको रामपुर नगरपालिकाले बिहीबार बेझाड बजारका पसल व्यवसायको अनुगमन गरेको छ ।
तिहार पर्वलाई मध्यनजर गर्दै नगरपालिकाले ईलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, रामपुर उद्योग वाणिज्य संघ र पत्रकारको रोहबरमा बजार अनुगमन गरेको हो । नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवि घिमिरे आचार्यको संयोजकत्वमा बेझाड बजार क्षेत्रमा संचालित पसल, व्यवसायको अनुगमन गरिएको छ ।

कोरोनाको जोखिम बढ्दो अवस्थामा रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय चलाउन व्यापारिलाई अनुरोध गरिएको र नियम पालना नगरी अर्को पटक पनि अटेर गरेर प्रक्रियागत रुपमा व्यवसाय नचलाएको पाइएमा नियमअनुसार कारबाही गरिने नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक आचार्यले बताइन् ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, रामपुर ५ का अध्यक्ष हिमाल मल्ल, नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेय, आन्तरिक लेखा परीक्षक हृदयेश पन्थी, पशु सेवा शाखा प्रमुख तुल्सीराम काफ्ले, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरिक्षक जंगबहादुर श्रेष्ठ, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, कार्यपालिका सदस्य सावित्रा गौतम लगायतका जनप्रतिनीधि, कर्मचारी र पत्रकार सहितको टोलीले बेझाड बजार क्षेत्रका १२ वटा पसलहरुको अनुगमन गरेको हो । जसमा ४ वटा फेन्सी, २ वटा डेरी, ४ वटा मासु पसल र २ वटा किराना पसल गरी अनुगमन गरिएको छ ।

कालोबजारी नियन्त्रण गर्ने, अत्यधिक मुल्य लिने लगायतका व्यवसायिक हिसाबले नैतिकता भन्दा बाहिरबाट व्यवसाय गर्ने व्यापारी तथा व्यवसायीलाई नियमन गर्ने कार्यमा प्रशासन कार्यालयले गरिरहेको ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य बताउछन् ।

बजार अनुगमनले व्यापारी तथा व्यवसायीलाई सचेत बनाउने भएको हुदा अनुगमन भन्दैमा आत्तिहाल्नु नपर्ने र नियम अनुसार सचेत भएर व्यवसाय संचालन गर्नुपर्ने व्यवसायीको हितमा संघले सहयोग गरिरहेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।

अनुगमनका क्रममा कतिपय पसलमा मुल्य सुची नराखिएको, बजारका सडकलाई मिचेर सामान राखिएको, सरसफाई नभएको पाइएको छ । मापदण्ड अनुसार व्यवसास संचालन गर्न अनुगमन टोलीले सुझाव दिइएको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताए ।

SHARE