तानसेनका युवालाई अभिमुखिकरण

0
375

कात्तिक २७,२०७७ पाल्पा । कोभिडबाट प्रभावित बनेका तानसेनका युवाहरुलाई एक दिने अभिमुखिकरण तथा परामर्श दिइएको छ । यूवा उद्यम विकास कार्यक्रम अन्तर्गत तानसेन व८ा नं। द्द, घ, द्ध र ट का छछ जना युवाहरुलाई परामर्श दिइएको हो । कोरोना महामारीका कारण विदेशबाट फर्केका र स्वदेशमा बसेका बेरोजगार युवाहरुलाई हतोत्साही नभै उद्यम विकासमा लगाउने हेतुले तानसेन नगरपालिका तथा संयूक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोग र ग्रामिणा आर्थिक विकास संघ रेडाको आयोजनामा युवाहरुलाई एक दिने अभिमुखिकरण तथा परामर्श दिइएको नगरपालिकाले जनाएको छ ।

सहभागी युवाहरुलाई मनोचिकित्सक डा।गोपाल ढकालले मानसिक स्वास्थ्यका विषयमा सहजिकरण गरेका थिए । उनले मानसिक रोगबाट विरामी परेका विरामीहरुको लक्षण, मानसिक समस्या, आत्महत्यासम्म पुग्नुको कारण, तनाव व्यवस्थापन र मेडिटेशनका विषयमा स्पष्ट पार्दै कोही कसैले नकारात्मक बानी व्यवहार, आचरण देखाउन नहुने तत्काल मन परिवर्तन गरी शान्त रहने वातावरण बनाउनूपर्ने बताए । डा। ढकालले तनावबाट मुक्त हुनका लागि विभिन्न समयमा गित सून्ने, मनोरञ्जन गर्ने रमाईला कुराहरु गर्न सिकाएका थिए । तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले सबै युवाहरुलाई उद्यम विकासमा उन्मुख बनाउनका लागि तानसेन नगरपालिकाले विभिन्न किसिमबाट पहल गरिरहेको बताउदै सबैलाई पेशा व्यवसायमा आवद्ध रहन आग्रह गरे ।

ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले सिक्ने सिकाउने काम एक प्रक्रिया भएको तर मनैदेखि उद्यम विकासमा लाग्यो भने सफलता हासिल गर्न सकिने भन्दै कोभिडबाट त्रसित नभै उद्यम व्यवसायमा लाग्न युवाहरुलाई अनुरोध गरे ।

SHARE