नदीमा दाउरा निकाल्न गएका युवक बेपत्ता

0
279

कात्तिक २६,२०७७ पाल्पा : कालिगण्डकी नदीमा बगेको दाउरा निकाल्न गएका एक युवक बेपत्ता भएका छन्।

स्याङजाको गल्याङ नगरपालिका(९ का ३६ वर्षीय सुवास बोटे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। पाल्पाको रामपुर नगरपालिका(१० सिकोडाँडास्थित कालिगण्डकी नदीमा उनी मंगलबार बेपत्ता भएका हुन्।

साथीहरूसँग दाउरा निकाल्न गएका उनी दिउँसो करिब २ बजेतिर डुबेका थिए। अहिलेसम्म उनको अवस्था पत्ता लागेको छैन। प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रनाउ गिरीले बताए। उनीसँगै गएका अन्य तीन जना भने सकुशल छन्।

SHARE