पाल्पामा देउसी भैलो खेल्न रोक

0
444

—सुशीला रेग्मी

रामपुर (पाल्पा), २६ कात्तिक : कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पाल्पामा यसवर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सङ्क्रमणको जोखिम बढ्दो अवस्थामा रहेकाले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै जिल्लामा देउसी भैलो नखेल्न आग्रह गरेको छ । चाडपर्वका नाममा जुवातास खेल्ने प्रबृत्ति पनि रहेकाले जुवातास नखेल्न र कोरोनाको जोखिम रहेकाले घरमै बसेर पर्व मनाउन सबैमा प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा जारी गरिएको सूचनामा भुइचम्पा र पटका पड्काउने जस्ता कार्यहरुबाट जनस्वास्थ्य तथा शान्ति सुरक्षामा असर पर्न जाने हुदा त्यस्ता विष्फोटक तथा प्रज्वलनशिल पदार्थहरुको खरिद, बिक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न नगराउनुहुन उल्लेख गरिएको छ ।

यदि कोही कसैले सूचनाको उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने जनाइएको छ । तिहारको दिन नजिकिदै गरेपनि यतिबेला भने गाउँघरमा खासै चहलपहल देखिदैन ।

SHARE