पहिराे प्रभावितका लागि प्याकेज कार्यक्रम

0
565

हुमाकान्त पाेखरेल

गुल्मी,१९ असाैज । ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेशका कार्यालय सदस्य सुदर्शन बरालले गुल्मीको सत्यवतीका पहिराेपीडितहरूकाे लागि प्रदेश सरकारले प्याकेजमा कार्यक्रम बनाएकाे बताएका छन् ।

अाइतबार सत्यवतीकाे ठुलाेलुम्पेकका पहिराे प्रघावितहरूसँग कुरा गर्दै उनले पीडितहरूकाे घर, बाटाे, विध्यालय, बिजुली, खानेपानी सहित अावश्यक पूर्वाधार सहितकाे अावास निर्माण गर्ने याेजना बनाएकाे बताएका हुन् ।

तर पीडितहरूले भने अाश्वासन अाएजति काम नभएकाे गुनासाे गरेका थिए । दशैकाे अवसरमा निर्वाचन क्षेत्रभित्र कार्यक्रममा रहेका मन्त्री बरालले पहिराे प्रभावितहरूसँग पनि भेट गरेका हुन् ।

मन्त्री बरालले विभिन्न संघ सँस्थाद्दारा अायाेजित शुभकामना अादान प्रदान कार्यक्रमलाई पनि सम्बाेध गरेकाे नेकपाका नेता युवराज केसिले जानकारी दिए ।

SHARE