पाल्पामा २४ जना कोरोना संक्रमित थप

0
286

कात्तिक २४,२०७७ पाल्पा : पाल्पामा थप २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये तानसेन नगरपालिकाभित्रका १८ जना रहेका छन् । त्यस्तै पूर्वखोला गाउँपालिकाका ३ जना, रामपुर नगरपालिका १ जना, बगनासकाली र रिब्दिकोट गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । थपिएका संक्रमितमा १३ जना पुरुष र ११ जना महिलाहरु रहेका छन् ।

सोमबार थपिएकासंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय ७५ पुगेको छ । पाल्पामा अहिलेसम्म १३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

SHARE