स्कुटर सिक्दा बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापकको ज्यान गयो

0
612

कात्तिक २३,२०७७ रुपन्देही : स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते भएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचार क्रममा ज्यान गएको छ।

स्कुटर चलाउन सिक्दै गर्दा घरकै कम्पाउण्डमा ठोक्किएर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा ज्यान गएको हो। तिलोत्तमा–१ का ५४ वर्षीय डाक्टर पौडेलले एक महिनाअघि मात्रै बुटवल बहुमुखी क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारी पाएका थिए।

SHARE