नमस्ते रामपुर यातायातद्धारा नगरपालिकालाई ध्यानाकर्षण

0
927

सुशीला रेग्मी

रामपुर (पाल्पा), २२ कात्तिक :रामपुर नगरपालिकाले कात्तिक २१ गते कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम परिवेशलाई मध्यनजर गर्दै यातायातका साधन जोर बिजोर प्रणाली संचालनका लागि गरेको निर्णयप्रति नमस्ते रामपुर यातायात प्रालीले शनिवार प्रेस विज्ञप्ती निकालेको छ ।

शुक्रवार नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले भीडभाड र आवतजावत कम गर्न जोर बिजोर प्रणालीमार्फत यातायात संचालन गर्ने निर्णयप्रती ध्यानाकर्षण जनाउँदै प्रेस विज्ञप्ती निकालिएको छ ।
प्रालीका अध्यक्ष राजन पोखरेल र व्यवस्थापक भेषराज पोखरेलद्धारा जारी प्रेस विज्ञप्तीमा यस संकटको बेलामा सरकारले तोकेको स्वास्थ्य मापदण्ड बमोजिम यातायात सेवा संचालन गर्दै आएको अवस्थामा फेरी यातायात व्यवसायीलाई प्राथमिकता दिएर जोर बिजोर प्रणालीमा यातायात सेवा संचालन गर्ने सूचना प्रकाशन भएकाले सो निर्णय अनुसार यातायात संचालन गर्न नसकिने भएको हुदा नगरपालिकाद्धारा निर्णय भएको विषयमाथी पुनर्विचार गरी सहजताका साथ यातायात सेवा संचालन गर्ने वातावरण तय गर्नका लागि अनुरोध गरिएको छ ।

SHARE