अर्बेनीका २० जना काँग्रेस परित्याग गरी नेकपामा प्रबेश , मन्त्री बरालले गरे स्वागत

0
1230

कात्तिक २२,२०७७ गुल्मी : कालीगण्डकी गाउँपालिका २ अर्बेनीका २० जना नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन् ।
साबिकको वडा नं ६ का ठानीश्वर न्यौपाने सहित २० जना नेकपामा प्रबेश गरेको कालीगण्डकी नेकपाका अध्यक्ष रामजी ढकालले जानकारी दिए ।
नेकपामा प्रबेश गराउँदै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले नेकपा कै नेतृत्वले बिकास गर्ने र जनताको चाहाना पुरा गर्ने भएकाले सही पार्टी रोजेको बताए । नबप्रबेशीहरुलाई पार्टीमा स्वागत गर्दै मन्त्री बरालले जनताको चाहाना र इच्छाहरु सबै नेकपाले मात्रै पुरा गर्ने, गाउँमा बिकासको लहर ल्याउने र जनतासंग सुख दुःखमा साथमा भएकाले जनताको लहर नेकपामा रहेको दाबी गरे ।


पार्टीमा प्रबेश गरेका २० जनालाई नेकपा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकाल र मन्त्री बरालले संयुक्त रुपमा पार्टी सदस्यता समेत प्रदान गरेका थिए ।

SHARE