पाल्पाको रामपुरमा ज्यान मार्ने धम्की दिदै गरगहना र नगद चोरी

0
2473

सुशीला रेग्मी

रामपुर (पाल्पा), १८ कात्तिक : पाल्पाको रामपुर नगरपालिका वडा नं ८ ढकाल चौतारी बस्ने तारा श्रेष्ठको घरमा गरगहना र नगद चोरी भएको छ ।

गएराती करिव १ वजेको समयमा ज्यान मार्ने धम्की दिदै साढे नौ तोला बराबरको सुनको गरगहना र रु तीन लाख ५० हजार नगद चोरी भएको वडा सदस्य मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

रातको समयमा पानी खाने निहुँ पारेर मुख छोपेको अवस्थामा घरमा पसेका अपरिचित युवकले कोठाभित्र पसेर ज्यान मार्ने धम्की दिएर खुकुरी देखाउँदै गरगहना र नगद झिकेर लगेको वडा सदस्य श्रेष्ठले बताए ।

तारा श्रेष्ठ र उनका छोरा सोमवार चापाकोट नगरपालिका स्याङ्गजा बहिनीको घरमा गएको र घरमा सासु बुहारी मात्रै रहेको मौका छोपी चोरी भएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

SHARE