अर्गानिक वल्र्ड ग्रुप प्रालीको शाखा रामपुरको तालपोखरमा

0
439

सुशीला रेग्मी

पाल्पा :रामपुर नगरपालिका वडा नं ६ तालपोखरामा आज तालपोखरा अर्गानिक वल्र्ड ग्रुप प्रालीको शाखा शुभारम्भ गरिएको छ ।

रामपुर अर्गानिक जोन अन्र्तगतको शाखा बिस्तार गरी तालपोखरामा आज नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले शुभारम्भ गरिन । उनले शरीर स्वस्थ राख्न अर्गानिक वल्र्ड ग्रुप प्रालीबाट उत्पादित वस्तुको नियमित सेवन र यसको प्रचार प्रसारको क्षेत्र बढाउन सकेमा यसले धेरै फाइदा हुने बताइन ।

साथै सोही अवसरमा अर्गानिक वल्र्ड ग्रुप प्रालीबाट उत्पादित वस्तु र यसको फाइदा, प्रयोग सन्दर्भमा प्रालीका प्रशिक्षक जिज्ञासु दाहाल र रामपुर अर्गानिक जोनका शाखा प्रमुख विनोद अधिकारीले जानकारी गराए । चापाकोट नगरपालिका साँखर बस्ने सरीता न्यौपाने खनालले अर्गानिक वल्र्ड ग्रुप प्रालीको नयाँ शाखा तालपोखरामा संचालन गरेकी हुन ।

SHARE